कालिकोटका गाउँ बस्तीमा पूर्व मन्त्री-शाही


सुर्खेत/नेकपा एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेशका उप-सचिव तथा पूर्व भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही स्थानिय तहको चुनाव नजिकीदै गर्दा कालिकोट जिल्लाका गाउँ बस्तीमा पुगेका छन् ।
विगत केही दिन देखि जिल्लामा क्रियाशिल नेकपा एकीकृत समाजवादीका नेतालाई प्रशिक्षण दिनुको साथै कार्यक्रताहरुसँग आन्तरिक छलफल तथा सभासमारोहमा जुटेका छन् ।
कालिकोट निर्वाचन क्षेत्र (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका शाहीले कर्णाली प्रदेशमा विद्रोह शाही अहिले नेकपा एकीकृत समाजवादी पार्टी लाई स्थानीय तहमा आफ्नो पार्टीले बलियो बनाउन रातदिन गाउँमै व्यस्त छन्।

तपाईको प्रतिक्रिया