सुर्खेत /नेकपा एमाले कालिकोट जिल्लाका युवा नेता धिर बहादुर शाहीले आजको मिति बाट पार्टी छोडेको घोषणा गरेका छन् ।
सामाजिक संजालमा उहाँले लेखेका छन् ।नेकपा एमाले भित्र चरम गुटबन्दी चलेकाले यो पार्टीमा नबस्ने निर्णय गरेको बताए ।
अहिले कुनै पार्टी भने नजानेर स्वतन्त्र भएर बस्ने समेत बताएका छन् ।
नेकपा एमालेको भोलि चुनावी आमसभालाई सम्बोधन गर्ने नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि शर्मा ओली कालिकोट जिल्ला आउदै हुनुहुन्छ ।यो चुनावी आमसभामा पार्टी प्रवेश गर्ने हल्ला चलिरहेको बेला पार्टीका युवा नेता शाहीले पार्टी छोडेका छन् ।
नेकपा एमालेका युवा नेता शाहीले पार्टी छोडेको घोषणा
तपाईको प्रतिक्रिया

दियो खबर । १६ चैत्र २०७८, बुधबार १९:३६