अपडेट

सैन्य कमान्डर देखि सचिवालय सदस्य माओवादी केन्द्रमा प्रवेश

सुर्खेत/विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरि कालिकोट स्थायी घर हुनुभएको सैन्य कामान्डर अनिपाल बिक (सन्देश )को नेतृत्वमा १० जना र नेकपा एकिकृत माओवादी पार्टी परित्याग गरि खोटाङ जिल्ला स्थायी घर हुनुभएको सचिवालय सदस्य राजन घिमिरे (क .अर्पन )को नेतृत्वमा ५ जना आफ्नो पुरानो घर नेकपा(माओवादी केन्द्र ) मा फर्किनु भएको छ। सम्पुर्ण कमरेडहरुलाइ हाम्रो यस कालिकोट -काठमाडौं सम्पर्क समन्वय समिति हार्दिक स्वागत गर्दछ साथै तपाईंहरुको आगामी राजनीतिक जीवन अझ सफल अनि सबल होस र क्रान्तिका बाकी कार्यभार पूरा गर्न हरदम हरपल लाग्नु हुनेछ भन्ने पुर्ण बिश्वास हामिले गरेका छौ।
पनिवर्तमानमा रास्ट्रिय सभा सदस्य जीवन बुढा,सम्पर्क समन्वय विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण अधिकारी (विवेक),उपाध्यक्ष टक बहादुर घर्ती(मुनाल),कालिकोट इन्चार्ज धनकृष्ण चौलागाईं (गजेन्द्र ),कालिकोट-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष गोरक्षे महतारा(भौतिक),उपाध्यक्ष मदन कठायत लगायतले पार्टी त्याग गरि आउनु हुने कमरेडहरुलाइ पार्टी प्रवेश गराउनु भएको थियो।

तपाईको प्रतिक्रिया