कर्णाली प्रदेश स्तरिय युवा संजाल बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत/दिगो विकासका लागि राष्ट्रिय युवा संजाल, नेपालको कर्णाली प्रदेश स्तरिय बैठक तथा अन्तरक्रिया कार्यक्रम सुर्खेतको होटल सिद्वार्थमा सम्पन्न भएको छ ।
दुई दिने बैठक तथा अन्तरक्रिया कार्यक्रमको १५ गते सम्पन्न भएको हो ।
समापन कार्यक्रम लाई सम्बोधन गर्दै टि डि एच जर्मनीका कार्यक्रम संयोजक तथा संजालका राष्ट्रिय अध्यक्ष अमृत देवकोटाले युवा भनेको देश परिवर्तन गर्ने सक्ने एक सक्षम नेतृत्व भएकाले युवापुस्ता लागिपर्नु पर्ने बताउनु भयो ।
यसैगरि सुलभ परियोजना संयोजक राजेश गौतमले उद्धमशीलता र दिगो विकासका विषयवस्तुलाई स्थानियकरण गर्दै कार्यान्वयन गर्नुपर्ने साथै स्थानिय तहमा युवा सहभागिताको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो । सुलभ परियोजनाका अनुगमन तथा मुल्याङ्कन संयोजक सरोज पन्थी लगाएतको सहभागीता रहेको थियो ।
उक्त बैठकले दिलिप कुमार शाहीको अध्यक्षतामा कर्णाली प्रदेशप्रदेश स्तरीय युवा संजाल पनि गठन गरिएको हो।

तपाईको प्रतिक्रिया