कृषि मन्त्री शाहीलाई गृह जिल्लामा स्वागत

सुर्खेत / कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाहीलाई मुगु जिल्लामा नेकपा एकीकृत समाजवादी दलले आज भव्य स्वागत गरेको छ।भोलि हुने पाटीको कार्यक्रम लाई सम्बोधन गर्नका लागि हुम्ला जाने क्रम आफ्नो गृह जिल्ला पुगे पछि मन्त्री शाही लाई खत्याड गाउँपालिका-१०ह्यङलुबासी नेकपा एकीकृत समाजवादी पार्टीका अग्रज व्यक्तित्व र पार्टीका कार्यकर्ताले स्वागत गरेको मन्त्री शाहीको सचिवालयले जानकारी गराएको हो।
नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश सह-इन्चार्ज समेत रहेका शाही भोलि हुने हुम्लाका विभिन्न कार्यक्रम लाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया