सुर्खेत/रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा रहेका आँखा उपचार केन्द्रलाई बाँफिकोट गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
उपचार केन्द्रलाई सर्जिकल सेन्टरको रुपमा स्तरोन्नती गर्नको लागि बाँफिकोट गाउँपालिका र उपचार केन्द्रबीच सम्झौता भएको छ।
उपचार केन्द्रलाई सर्जिकल सेन्टरको आवश्यक सामग्री खरिदको लागि बाँफिकोट गाउँपालिले तिन लाख आर्थिक सहयोग गरेको बताइएको छ ।
चालु आर्थिक वर्ष भित्र आवश्यक सामग्री खरिद गरी सक्ने गरी नेत्र ज्योति संघ रुकुम शाखाका सभापति शिवराम खत्री र बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
उपचार केन्द्रका अनुसार सर्जिकल सेन्टरको लागि आवश्यक सामग्री खरिद गरी जडान भएपछि आँखा अप्रेशनको लागि सहज हुने छ । यस अघि मुसीकोट नगरपालिका,कर्णाली प्रदेश अन्तरगत स्वास्थ्य सेवा कार्यालय र आँखा उपचार केन्द्रको आन्तरिक स्रोतबाट विभिन्न सामाग्रि खरिद गरिएको छ ।
आँखा उपचार केन्द्रमा बाँफिकोटको आर्थिक सहयोग
तपाईको प्रतिक्रिया

दियो खबर । १५ चैत्र २०७८, मंगलवार १७:३१