नेपाल निजामती कर्मचारी युनियन (संघ) को ज्ञापनपत्र

सुर्खेत/नेपाल निजामती कर्मचारी युनियन (संघ)युनियनले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल निजामती कर्मचारी युनियन(संघ)ले देशै भरी संघीय निजामती सेवा ऐन ल्याइ तिनै तहमा कार्यरत कर्मचारीका जल्दाबल्दा सझा मुद्दाको समाधान का लागि देशै भरी ज्ञापन पत्र बुझाएको छ । कालिकोट जिल्लामा पनि नेपाल निजामती कर्मचारी युनियन का अध्यक्ष अबिराज शाही को नेतृत्वले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको सचिव दर्व बहादुर शाहीले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले यो ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालय लाई तुरुन्तै पठाइदिने कुरा व्यक्त गर्नु भएको छ ।
अध्यक्ष शाहीले समयमै ऐन ल्याउन युनियन 1 वर्ष देखि लागि परेको समेत बताए ।

तपाईको प्रतिक्रिया