सुर्खेत/दिगो विकासका लागि राष्ट्रिय युवा संजाल,नेपालको कर्णाली प्रदेश स्तरिय बैठक तथा अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सुरु भएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री माननिय चन्द्र बहादुर शाही, विशिष्ठ अतिथी टि डि एच जर्मनीका कार्यक्रम संयोजक तथा संजालका राष्ट्रिय अध्यक्ष अमृत देवकोटा लगाएत अतिथिले पानसमा बत्ती बालेर तथा सतुवाको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन सत्रमा बोल्दै माननीय मन्त्रीले प्रकृतिक सम्पदा, स्रोत तथा आकाङ्क्षा हुँदाहुँदै पनि बैदेशिक रोजगारीमा जानपर्ने बाध्यता हटाउन युवापुस्ता लागिपर्नु पर्ने बताउनु भयो र आवश्यकीय नितिगत तथा विभिन्न सहकार्यका लागि कर्णाली सरकार सधै लागिपर्ने बताउनुभयो ।
यसैगरि विशिष्ठ अतिथी अमृत देवकोटाले उद्धमशीलता र दिगो विकासका विषयवस्तुलाई स्थानियकरण गर्दै कार्यान्वयन गर्नुपर्ने साथै स्थानिय तहमा युवा सहभागिताको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो ।
सुलभ परियोजनाका अनुगमन तथा मुल्याङ्कन संयोजक सरोज पन्थीले संचालन गर्नुभएको उक्त कार्यक्रममा एम सि डि सी मुगुका अध्यक्ष सुरेस शाही, सुलभ परियोजना संयोजक राजेश गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा युवा नीति तथा युवा सरोकारका विषय, दिगो विकास, युवा सहभागिता लगायत विषयमा सहजकर्ता प्रकाश उपाध्याय तथा रन्जन पौडेलले सहजीकरण गर्नुहुनेछ । दुई दिनसम्म चल्ने बैठक तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश स्तरिय संजालको पुर्नगठन तथा कर्णाली युवा घोषणापत्र समेत जारी गरिने दिगो विकासका लागि राष्ट्रिय युवा संजालका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेशका अध्यक्ष दिलीप शाहीले बताउनुभयो ।
कर्णाली प्रदेश स्तरिय युवा संजाल बैठक तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १४ चैत्र २०७८, सोमबार २१:५८