सुर्खेत/कालिकोट जिल्लाको महावै गाउँ पालिका निवासी बृद्धबृद्धाहरुले आफुले नियमअनुसार खाइपाई आउने बृद्धभत्ता पाउनका लागि समेत गाउँ पालिका कार्यालयसामु जुलुस ल्याएर प्रदर्शन गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता बैंक खातामा जम्मा गरिदिने भन्दै १० महिना भैसक्दा समेत १ महिना समेतको भत्ता नपाएपछि बृद्धबृद्धाहरु प्रदर्शनमा उत्रेका हुन् ।दशै तिहरामा समेत बृद्धभत्ता नपाइएको र अहिले चैते दशैं मान्ने समयमा पनि बृद्धभ्ता पाउने छाँट नदेखेपछि जुलुस निकालेर गाउँ पालिका कार्यालयमै पुग्नुपरेको अपांग समेत रहेका बृद्ध अम्मर शाहीले जानकारी गराउनुभयो ।गाउँ पालिकाले सबै बृद्धहरुले खाता नखोलेको कारण ढिलाइ भएको भन्ने गरेको छ भने जिल्लाका अन्य स्थानीय तहहरुले समयमै खाता खोल्दै नियमित रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको बताइएको छ । महावैमा एकल महिला र बालपोषण भत्ता समेत यस्तै गरेर ढिलासुस्ती भएको छ । गाउँ पालिकाका जिम्मेवार जनप्रतिनिधि र सामाजिक सुरक्षा रकम बाँडफाँड गर्ने जिम्मेवार कर्मचारीहरुले सामाजिक सुरक्षाका नाममा अाउने बजेट दुरुपयोग गरि प्रत्येक व्यक्तिका खातामा ढिलो हाल्ने प्रपञ्च रचेको स्थानीय बुद्धिजीवीहरु बताउछन् ।
गाउँ पालिकाले सामाजिक सुरक्षा भत्ता मात्रै नभएर योजना बाँडफाँडमा समेत बिधि विपरीत मनमर्जी गरेको छ । कमिसनको खेलो सहित कांग्रेस र एमालेले योजनामा बजेट दुरुपयोग गरि गाउँ पालिको बजेट कनिका छराई गरेको छन ।यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले भने यो सबै समस्या बैंक खाता समयमा स्थानीयले नखोलेका कारण यस्तो अवस्था आएको बताए ।यो भन्दा पहिला वडाका सचिवहरु मार्फत घर-घरमा गएर वृद्ध भत्ता बाड्ने काम गरिएको थियो भने ,अहिले बैंक खाता मार्फत वृद्ध भत्ता दिनु पर्ने भएकाले कालिकोट जिल्ला कै विकट गाउँपालिका न मोटर बाटो पुगेको छ त न टेलिफोनले काम गर्छ यस्तो दुर्गम ठाउँ भएकोले पनि यो समस्या आएको सिंहले बताए । समस्याको समधान केही दिनमै हुने समेत बताए ।केही वडाका नागरिकले बैंक खाता बाट वृद्ध भत्ता लिइसकेका छन् ।बाँकी रहेका वडामा पनि काम भैरहेको बताए ।
महावैमा बृद्धभत्ता माग्न जुलुस
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १३ चैत्र २०७८, आईतवार ११:०७