चौकुनेका धमाला द्वारा वडा अध्यक्ष मा उम्मेदवारी घोषणा

सुर्खेत /चौकुनेका नेपाली काङ्ग्रेस का युवा नेता तथा समाजसेवी नवीन धमाला ले आसन्न स्थानीय चुनाव मा चौकुने वडा नम्बर ७ को वडा अध्यक्ष का लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । आज दियो खवर संग को टेलिफोन कुराकानी मा धमाला ले आफुले वडा को बिकास,रोजगारी सिर्जना,युवा हरुको बिदेश पलायन जस्ता कार्य गर्न का लागि आफुले उम्मेदवारी घोषणा गर्नु परेको बताउनु भएको छ । बिगत मा आफू कम्युनिस्ट पार्टी सङ आवद्ध भए पनि काङ्ग्रेस को बिचार सङ प्रभावित भइ आफू काङ्ग्रेस को सदस्य बनेको र पार्टी ले आफुलाइ बिस्वास गर्ने र टिकट प्रदान गर्ने समेत दाबी गर्दै धमाला ले आफुले चौकुने ७ मा बहुमत सहित जित्ने दावी गर्नु भयो ।” जनता परिवर्तन चाहन्छ्न,त्यो काङ्ग्रेस ले पूरा गर्छ , त्यो मेरो नेतृत्व मा मैले गर्नेछु ” एक प्रसङ्ग मा उहाले भन्नू भयो ।” एमालेले ५ वर्ष मा के गर्यो त्यो हामिले देखेकै छौ,वडा को निर्माणाधीन भवन तिर उहाले इङिग्त गर्दै भन्नुभयो,सबै जनता ले यहि चुनाव मा हिसाब किताब गर्ने छन”।”थिचोमिचोमा परेका नागरिकहरुको हक हित र अधिकार दिलाएर विभेद रहित समाज निर्माण गरि समानताको आधारमा बिकासलाइ तीब्र गतिमा अगाडि लैजान नागरिकलाई गुणस्तरीय तथा नि: शुल्क शिक्षा र ब्यवसायिक तथा ब्यवहारिक शिक्षा लागू गर्दै गाउको माटो सुहाउँदो आधुनिक कृषि प्रणाली अपनाउदै कृषिमा क्रान्ति ल्याउने बाटोमा लाग्न नेपाली कच्चापदार्थमा आधारित साना तथा मझौला उद्योग हरेक वडा तथा पालीका भित्र खोलेर आत्मनिर्भर गाउ बनाएर गाउभीत्रै रोजगार दिने बाताबरण बनाउन भ्रष्टाचारको बिसयमा शुन्यसहनशीलताको ठोस निति ल्यायर नागरिकलाई अन्याय,अत्याचारमा पर्न नदिन विशेष सामाजिक सुरक्षा निति ल्याइ सुसुशान कायम गर्दै नमुना वडा बनाउने निति तथा मूल उद्देश्य र लक्ष्य साथ मेरो पनी उमेदवारी रहनेछ। ” पार्टी को तर्फबाट आधिकारिक रुपमा आफू उम्मेदवार हुने बताउदै धमाल ले सबै लाई रुख चिन्ह मा भोट हाली आफुलाइ बिजय गराउन अनुरोध गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया