रुकुम/रुकुम पश्चिमको एक विद्यालयका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।
जिल्लाको मुसीकोट नगरपालिका वडा-८ मा रहेको शाईकुमारी आधारभुत बिद्यालयमा अध्ययन गरिरहेका ७१ जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीलाई सहज होस भन्ने उद्देश्यले नेपाल ख्रिष्टिय राहत सेवाले विद्यार्थीलाई सहयोग गरेको ख्रिष्टिय राहत सेवाका कार्यकारी निर्देशन रोजी केसीले जानकारी दिनुभयो ।
नेपाल ख्रिष्टिय राहत सेवाले जोखिममा परेका बिद्यार्थी, सुस्तमनस्थित भएका विद्यार्थी,गरिबिका कारण विद्यालय जान बन्चित भएका बालबालिकाहरुको लागि सहयोग गर्दै आएको छ ।
यस संस्थाले यस अघि पनि मुसीकोटका विभिन्न विद्यालयलाई सहयोग गर्दै आइरहेको छ ।वडा-८ का अध्यक्ष वुद्दि प्रसाद बुढाको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमको प्रमुख आतिथ्यता र नेपाल ख्रिष्टिय राहत सेवाका अध्यक्ष ओमप्रकाश सुब्बाको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै नेपाल ख्रिष्टिय राहत सेवाका कार्यकारी निर्देशक रोजि केसी, कोषाध्यक्ष मुकुन्द शर्मा, अप्रेसन म्यानेजर बबिता राई लगायतको उपस्थिति रहेको थियो ।
नेपाल ख्रिष्टिय राहत सेवाद्धारा विद्यार्थीलाई सहयोग वितरण
तपाईको प्रतिक्रिया
भावना शर्मा । १० चैत्र २०७८, बिहीबार १२:२९