कालिकोट/तिलागुफा नगरपालिका वडा-३ का ३ सय ८० घरधुरीलाई नि:शुल्क सोलार वितरण गरिएको छ । नगरपालिका वडा-३का सर्वसाधारणलाई सोलार वितरण गरिएको हो ।
कर्णाली उज्यालो मुख्यमन्त्री कार्यक्रमको अनुदान सहयोगमा तिलागुफा नगरपालिका अन्तर्गतका वडा-३ का कूल३ सय ३५ घरधुरीलाई सोलार वितरण गरिएको हो ।
नगर प्रमुख रतन बहादुर शाहीको रोहबरमा सोलार, ब्याट्री, तार, बल्बलगाएत सामानसहित नि:शुल्क सोलार वितरण गरिएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य महेन्द्र बहादुर शाहीले बताए ।
कालिकोट जिल्लामा राष्ट्रिय प्रसारण लाइन विद्युत् पुगेपनि जिल्लाका स्थानीय तहमा भने विद्युत्को अभाव रहेको छ।
सोलार वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य यशोदा न्यौपाने (पुर्णिामा),नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला समन्वय समिति संयोजक लक्ष्मीप्रसाद चौलागाईं (शैलेन्द्र ),कर्णाली प्रदेश कमिटी सदस्य महेन्द्र बहादुर शाही लगाएतको सहभागीता रहेको थियो ।
३सय ३५ घरधुरीलाई नि:शुल्क सोलार वितरण
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ९ चैत्र २०७८, बुधबार १९:३५