रुकुम/रुकुम पश्चिममा मुढा बनाउने तालिम सम्पन्न भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा-२ मा मुढा बनाउने सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ ।
आर्थिक समृद्धिको आधार,लघु उद्यम मार्फत स्वरोजगार भन्ने नाराका साथ वडाका १३ जना महिलाहरुलाई मुढा बुनाई सम्बन्धि आधारभुत तालिम दिइएको हो ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मुढा बुनाई सम्बन्धि २० दिने आधारभुत सीप विकास तालिम सम्पन्न गरिएको हो ।
महिलाहरुलाई मुढा बुनाई सम्बन्धि सीप सिकाएर आत्मनिर्भर र व्यवसायिक बनाउन तालिम दिइएको वडा अध्यक्ष धर्मबहादुर पुनले बताउनुभयो । तालिममा बिर बहादुर खड्का र रेशम पुनले प्रशिक्षण दिनुभएको थियो ।
रुकुम पश्चिममा मुढा बनाउने तालिम सम्पन्न
तपाईको प्रतिक्रिया
भावना शर्मा । ९ चैत्र २०७८, बुधबार १९:०६