कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालन

कालिकोट/कर्णाली प्रदेशकै पहिलो सरुवा रोग अस्पताल कालिकोट जिल्लामा सञ्चालनमा आएको छ ।खाँडाचक्र नगरपालिका–०१मा रहेको स्वास्थ्य सेवा कार्यालयको स्वामित्व लिंदै कर्णाली प्रदेश सरकारले सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेको हो । सो अस्पतालको आइतबार खाँडाचक नगररपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डे र प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले उद्घाटन गर्नुभयो ।
उक्त अस्पतालमा कालाजार,मलेरिया,एचआइभी÷एड्स,क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका नि.स्वास्थ्य सेवा व्यवस्थापक डा.रत्नवीर सुनारले बताए ।
सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ।
उनले भने,“जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पतालको माग भएकामा आइतबारदेखि नियमित सञ्चालनमा आएको छ । अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पुर्याउने लक्ष्य रहेको छ। यसअघि कोभिड–१९का सङ्क्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको डा.सुनारको भनाइ रहेको छ । 
उक्त अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक,मेडिकल अधिकृत एक,हाउस किपर एक,फार्मेसी सहायक एकजनालगायत कर्मचारी रहेका छन् ।अस्पताल सञ्चालन आएपछि कालीकोट,जुम्ला,हुम्ला,मुगु,अछाम,दैलेख र बाजुराका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने भएका छन् । 

तपाईको प्रतिक्रिया