महावै गाउँपालिका उपाध्यक्ष शाहीले राजिनामा दिने संकेत

सुर्खेत /कालिकाेट जिल्ला महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले राजिनामा दिने संकेत देखाएका छन् ।
गाउँपालिका उपाध्यक्ष शाहीले आगामि आउने निर्वाचन लड्न र प्रचार गर्नका लागि सरकार छोड्नु पर्ने आचार संहिता सार्वजनिक गरेलगत्तै आफ्नो पार्टीको फेरि पनि महावै गाउँपालिकामा सरकार बनाउन सरकार छाड्ने संकेत गरेका छन् ।
नेकपा एमाले कालिकोट जिल्ला पार्टी उप-सचिव समेत रहेका शाहीले दियो खबर संग भने महावै गाउँपालिकामा फेरि आफ्नो उम्मेदवारी हुने भएकाले निर्वाचन आचारसंहिता अनुसार राजिनामा दिन लागेको बताए ।

तपाईको प्रतिक्रिया