तिलागुफा नगर-प्रमुख शाहीले राजिनामा दिने

सुर्खेत /कालिकाेट जिल्ला तिलागुफा नगरपालिकाका नगर-प्रमुख रतन बहादुर शाहीले राजिनामा दिने संकेत देखाएका छन् ।नगरपालिका नगर-प्रमुख रतन बहादुर शाहीले आगामि आउने निर्वाचन लड्न र प्रचार गर्नका लागि सरकार छोड्नु पर्ने आचार संहिता सार्वजनिक गरेलगत्तै आफ्नो पार्टीको फेरि पनि तिलागुफा नगरपालिकामा सरकार बनाउन सरकार छाड्ने संकेत गरेका छन् ।
नगर-प्रमुख शाहीले नगर बाट लिएको सेवा सुविधा फिर्ता गर्ने समेत बताएका छन् ।
नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला निर्वाचन क्षेत्र (क)को संयोजक समेत रहेका शाहीले आफ्नो राजिनामा दिने बताएका छन् ।
तिलागुफा नगरपालिकामा नेकपा माओवादी केन्द्र बाट नगर-प्रमुखमा लड्ने धेरैको आकांक्षी देखिएको छ।

तपाईको प्रतिक्रिया