हस्त चाैलागाँई/कालिकाेट जिल्ला पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले राजिनामा दिने संकेत देखाएका छन् ।गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले आगामि आउने निर्वाचन लड्न र प्रचार गर्नका लागि सरकार छोड्नु पर्ने आचार संहिता सार्वजनिक गरेलगत्तै आफ्नो पार्टीको फेरि पनि पलाँतामा सरकार बनाउन सरकार छाड्ने संकेत गरेका छन ।
५गते कार्यपालिका बैठक बसेर चाँडै गाउँ सभा गरि निर्णय अनुमोदन पछि सभामै सरकार छोड्ने तयारि भैरहेको अध्यक्ष बमको आन्तरिक श्रोतबाट बुझ्न आएको छ । फेसबुक पेज लक्ष्मण बहादुर बम नामकाे पेजमा उनले लेखेका छन् ।”
केही दिन भित्र मैले सरकार छोड्ने कुराको जानकारि गराउदै शुभचिन्तक र कर्मचारीलाई मैले गर्नु पर्ने बाँकि कामको लागि सल्लाह सुझाब भए यहि हप्ता भित्र पाउने आशा गरेको छु भन्दै सामाजिक संजाल मार्फत सबैलाई जानकारी दिएका छन् ।
पलाँता अध्यक्ष बमले राजिनामा दिने तयारि
तपाईको प्रतिक्रिया

दियो खबर । ३ चैत्र २०७८, बिहीबार १९:३९