खरको छानामुक्त नगरपालिका बन्दै

सुर्खेत/ खाँडाचक्र नगरपालिका लाई खरको छानामुक्त नगरपालिका बनाउने घोषणा गरेको छ । खरका छाना भएको कारण आगलागीको जोखिम हुने भएकोले नगरपालिकालाई खर छाना मुक्त बनाउने निर्णय गरेको हो ।
सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ वमोजिम उपयुक्त,सुरक्षित र वातावरणमैत्री आवासको अधिकारको सम्मान, संरक्षण तथा परिपुर्ति गर्ने उद्देश्यले गरिवीका रेखामुनी रही खरका छाना भएका घरपरिवार लाई जस्ता छानाको मुनी ल्याउने गरी सुरक्षित नागरिक आवास निर्माणका लागि यस खाँडाचक्र नगरपालिकाले सवै वडाहरुवाट ३४० घरधुरी छनौट गरेकोमा गत आ.व. २०७७/०७८ मा प्राप्त भएको शसर्त बजेट रु २१ लाख वाट वडा-३ का ३, वडा-४ का ३,वडा-६ का ४,वडा-७ का ३, वडा-८ का ७, वडा-९ का १०,वडा-१० का ८ र वडा-११ का ४ गरी जम्मा ४२ अति विपन्न घरधुरीलाई पहिलो प्राथमिकता दिइ कार्यविधि वमोजिम अनुदान संझौता गरी वैंक खातामा प्रति घरधुरी रु ५० हजारका दरले भुक्तानी दिइ सोही अनुसार खरको छानो मुक्त गरि जस्तापाटाको छानो छाउने कार्य सम्पन्न भएको खाँडाचक्र नगरपालिका सुचना अधिकारी महोन महाराले बताए ।
चालु आ.व.२०७८/०७९ मा प्राप्त भएको रु ६४ लाख वजेटवाट प्रति घरधुरी ५० हजारका दरले वडा-१ का १८,वडा-२ का ३४, वडा-३ का ५,वडा-४ का ८,वडा-५ का १७,वडा-६ का २२, वडा-७ का ३,वडा-८ का ११,वडा-९ का ४,वडा-१० का १ र वडा-११ का ५ गरी जम्मा १२८ घरधुरीलाई कार्यविधि वमोजिम संझौता गरी मिति २०७८/०९/१६ गते यस नगरपालिकाकाले सम्वन्धित लाभग्राहीको वैंक खातामा रकम पठाइ सकेको छ । उक्त रकमवाट खरको छाना हटाइ जस्तापातावाट घरको छानो छाउने कार्य भएको नि.प्रमुख प्रशासकीय अधिकृत जसि प्रसाद चौलागाईंले बताए ।
वाँकी रहेका १७० घरधुरीको लागि पनि थप बजेट शहरी विकास मन्त्रालयमा माग गरेकोमा शहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा अगाडी वढाई सकेको जानकारी प्राप्त भएको छ । चाडै नै उक्त बजेट प्राप्त भएमा थप १७० घरधुरीलाई पनि खरको छानोवाट विस्थापित गरिने लेखा सहायक पुर्णचन्द्र काफ्लेले बताए। साथै शहरी विकास मन्त्रालयको मिति २०७८÷१०÷१३ गते वसेको मन्त्रीस्तरीय वैठकको निर्णयवाट खाँडाचक्र नगरपालिकाका लागि १५० घरधुरी थप गरेको जानकारी प्राप्त भएको छ । जुन कुरा यस नगरपालिकाका लागि खुशीको कुरा हो। थप भएका १५० घरधुरी नगर कार्यपालिकाको वैठकवाट खरको छाना भएका घरधुरी छनौट गरी छनौट भएका घरधुरीलाई खरको छानोवाट विस्थापित गरिने नगर-उप प्रमुख विजया विष्टले बताइन् ।
सुख्खा क्षेत्रमा भएकोले आगलागीको जोखिम बढी रहने भन्दै आगलागीबाट जोगाउन टिनको छानायुक्त बनाउने निर्णय भएकोनगर-प्रमुख जसि प्रसाद पाण्डेले बताए ।‘खरका छानाका कारणले बिपत्तिको जोखिम धेरै छ ।’उनले भने,‘धनजनको क्षतिबाट बचाउनको लागि खरको छाना हटाएर टिनको छाना बनाउने निर्णय गरेका छौं ।

तपाईको प्रतिक्रिया