प्रचण्ड भोलि सुर्खेत आउदै

सुर्खेत/नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) सुर्खेत आउने भएका छन् ।पार्टीको प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड सुर्खेत आउन लागेका हुन् ।
प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्ड सहित कर्णाली प्रदेश कमिटी इन्चार्ज शक्ति बस्नेत पनि आउने कार्यक्रम रहेको कर्णाली प्रदेश कमिटी सदस्य खेम बहादुर सिंह भिजनले बताए । उनकाअनुसार वीरेन्द्रनगरको सिटीहलमा हुने कार्यक्रममा कर्णाली प्रदेशका ७९ वटै पालिका,जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।
यस्तै प्रशिक्षणमा प्रदेश सल्लाहकार,प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गिय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने सिंहले बताए ।

तपाईको प्रतिक्रिया