कालिकोट जिल्लाको उत्कृष्ट कार्यसम्पादनमा शुभकालिका

किरण अधिकारी/कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका कार्यसम्पादनमा कालिकोट जिल्लाको पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा जिल्लाको शुभकालिका गाउँपालिका पहिलो बनेको हो ।
आयोगले आव ०७९÷८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको लागी तोकीयका एघार वटा सुचकमा प्राप्त गरेको अंकसहितको प्रतिवेदन १८ फागुनमा सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये शुभकालिका गाउँपालिका कार्णाली प्रदेशकै तेस्रो भएको छ भने कालिकोट जिल्लको पहिलो भयको छ । उसले ७० दशमलब ४६ अंक ल्याएको छ ।
शुभकालिका गाउँपालिकाले प्रबिधिमैत्रि बिद्यालय अन्र्तगत प्रत्येक बिद्यालयलाई ल्यापटप प्रोजेक्टर,कम्प्युटर बितरण,पोषण मैत्रीगाउँपालिका अन्र्तगत सुत्केरीतथा नवजातलाई पोषिलो पिठो अण्डा शुद्ध खानेपानि को लागि फील्टर बितरण र सार्वजनिक कार्यालयमा पोषण कर्नर स्थापना, रेडियो शुभकालिकाको स्थापना, किशोरी संग उपाध्यक्ष ,अध्यक्ष जनता आवास कार्यक्रम, पाच वटा भैसि तथा पचासवटा बाख्रा पाल्ने किसानलाई भत्ता वितरण, कृषि क्षेत्रमा पकेट जोन तथा ब्लक स्थापन गरी सञ्चालन, बिपन्न तथा न्युन आय भयका र दलित समुदायमा निसुल्क सोलार बितरण ,शुभकालिका गाउपालिका लाई सरसफाई युतm पालिका बनाउन यक घर यक धारा कार्यक्रम लागु गरेको प्रत्येक वडामा स्वास्थ्य शेवाको पहँच पु¥याउन स्वास्थ्य ईकाई स्थापना र संचालन महादेव मा.बी राराकाटीयामा प्राविधिक शिक्षा सुरुवात गरेको , बिस बर्ष पुगेपछि मात्र बिवाह गर्ने किशोरी रु पाचहजार पुरस्कारका साथै बिद्यालयस्तरका छात्रालाई छात्रवृत्तिलगायतका महत्वपूर्ण काम गरेको कारण शुभकालिका गाउपालिका कार्यसम्पादनमा जिल्लाकै पहिलो बनेको शुभकालिका शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चोैलागाईले बताए ।

साथैउनका अनुसार शुभकालिका गाउँपालिकाको वडा नं एक र पाँच बाहेकप्रत्येक वडामा मोटरबाटो पुगेको छ । प्रत्येक घरमा एक घर एक घारोको व्यवस्था गरेको छ । प्रत्येक विद्यालयमा भूकम्प प्रतिरोधी संरचनाको विकास गरेको उनले बताय साथैउनले शुभकालिका गाउपालिकाको वडा नं आठमा रहेको भलेटागाड लघु जलबिद्युत आयोजना र वडा नं छ मा रहेको हाउडीगाड लघुजलबिद्युत आयोजनाबाट दुई वडा बिद्युतीकरण भयको र अन्य वडामा राष्ट्रीय प्रसारण लाईन बिस्तारको क्रममा रहेको र कोभिड–१९ बाट नागरिककलाई बचाउन गाउपालिका अग्रपंतीमा रहेर काम गरेको र राराकाटीयामा बिशेषज्ञ डाक्टरबाट शेवा दियको बताय ।
श्ुाभकालिकाले पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि पर्यटकीय क्षेत्र मेहेले रन्नाउले हाउडी देवलडाँडा हुदै कोट सम्म सडकबाटोको विस्तार गरेको छ । साथै गाउपालिकाले पुराना काठेपुल र तुइन लाई बिस्थापन गर्दै साना खोला र नदी मा आधुनिक झोलुगें पुल बिस्तार गरीसकेको शुभकालिका गाउपालिकाका उपाध्यक्ष पम्फा देबी शाही ले बताइन ।
शुभकालिका गाउँपालिका कर्णालि प्रदेशमै कार्यसम्पादन मा दोस्रो र कालिकोट जिल्लाकै पहिलो हुनु खुसिको कुरा भयको बताउदै यसमा सम्पुण को साथ र सहयोग रहेको शुभकालिका गाउँपालिकाका लेखा प्रमुख सर्पानन्द उपाध्यायले बताए। उनेले भने गाउँपालिकामा बनेका निती नियमको पुर्ण कार्यन्वयन र जनप्रतीनीधीहरुको सहयोग र स्थानियबासिको हौषला ले कामगर्न सहजभयकै कारण उत्कृष्ट कार्यसम्पादन गर्न सफल भयको बताए। अहिले शुभकालिका गाउपालिमा सुत्र को पुर्णपालना हुनुकासाथै सम्पुण कारोबारो बिद्युतीय लेखा प्रणालिबाट भइरहेको उनले बताय साथै कार्यसम्पादनमा उत्कृष्ट हुदा काममा थप हौसला प्रदान भयको र आगामीदिनमा अझधेरै जोस र जांगरका साथ कामगर्ने मन लागेको लेखा प्रमुख उपाध्यायले बताए।

तपाईको प्रतिक्रिया