चुलो-चौको मात्र होइन देश हाक्न सक्ने नारी जन्मेका छन्-प्याकुरेल 

सुर्खेत/एक सय १२ ओैं अन्तरास्ट्रिय नारी दिवस संसारभरका महिलाहरुले आफ्नो अधिकार प्राप्तीको आन्दोलनका रुपमा आजको दिनलाई मनाउँदै आएका छन्।
अघिल्लो पुसताका महिलाहरुले यो आन्दोलनमा उठाउने मुद्दाहरु र अहिलेको पुस्ताले उठाउने मुद्दाहरुमा ब्यापक परिवर्तन भएको बताइन् ।
खासगरि शिक्षाले ल्याएको चेतना,अवसरले गर्दा अहिलेको पुस्ताका महिलाहरुमा पुरुष सरह छौँ भन्ने आत्म विश्वास जागेको छ। तर पनि सिंगो सामाजिक सोचमा खोट भने बाँकी रहेको निष्कर्ष निकाल्न पछिल्लो पुस्ताका महिलाहरु बाध्य छन्।
यसै सन्दर्भमा युवाहरुको संस्थाका रुपमा स्थापित नेपाल जेसिज कार्यकारी उपाध्यक्ष रमा पयाकुरेलले सम्पुर्ण नारीहरु लाई शुभकामना दिएकि छन् ।नेपालको संविधानमा व्यवस्था अनुसार आफ्नो हक अधिकार लाई प्रयोग गर्नसक्नु पर्ने बताइन् ।

तपाईको प्रतिक्रिया