कालिकोटमा११२ओैं अन्तरास्ट्रिय नारी दिवस

सुर्खेत /एक सय १२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कालिकोट जिल्लाको सदरमुकाम मान्ममा विभिन्न कार्यक्रम गरिएको छ।खाँडाचक्र नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र जिल्लामा क्रियाशील विभिन्न संघ संस्था ,महिला सहकारीले अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विभिन्न नारा तथा पम्प्लेट र व्यानर सहित र्याली निकालेका छन् । 
उक्त कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल कालिकोट कि अध्यक्ष धर्मा शाहीको सभा अध्यक्षता र संविधान सभा सदस्य माननीय तुलाराज विष्टको प्रमुख आतिथ्यता,खाँडाचक्र नगरपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डे,राजनितीकदल,गाउँ-गाउँ बाट आमा,दिदिबहिनीहरु बाक्लो सहभागीता रहेको थियो ।नारी दिवसको अवसरमा देउडा,गजल,एकल गायन जस्ता मनोरञ्जन कार्यक्रम भएको खाँडाचक्र नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता पाण्डेले बताइन् ।

तपाईको प्रतिक्रिया