अपडेट

प्रगतिशील प्यानलको जित पक्का-ई.चौलागाईं


सुर्खेत/कर्णाली प्रदेश इन्जिनियरिङ एसोसिएसनको
दोस्रो कार्यकारिणी समितिको चुनाव फागुन २७ सुर्खेतको विरेन्दनगरमा हुने छ।
२७ गते शुक्रबार हुने निर्वाचनका लागि बामपंथी तथा (नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी) बाट एकीकृत प्रगतिशील इन्जिनियरहरु चुनाव प्रचारप्रसारमा लागेका छन् ।
यस्तै,इन्जिनियर नरेश खड्का नेतृत्व प्यानल एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट प्रदेश सदस्यदका उम्मेदवार ईन्जिनियर नरेन्द्र प्रसाद चौलागाईंले आफ्नो प्यानलको जित पक्का रहेको बताए।
चौलागाईंले नेपाल इन्जिनियरिङ एसोसिएसन कर्णाली प्रदेशको दोस्रो कार्यकारिणी समितिको चुनावमा प्रगतिशीत समूह नेतृत्वका लोकप्रिय युवा आजको आवश्यकता पुरा गर्दै आउने पुस्ताका लागि इन्जिनियर क्षेत्रमा पेशागत हकहितका लागि मार्गदर्शन देखाउन साथै अधिकार प्राप्त गर्ने भएकाले सबैले प्रगतिशील प्यानल लाई भोट दिन आग्रह समेत गरेका छन् ।
चौलागाईं कालिकोट जिल्ला शुभकालिका गाउँपालिकामा कार्यरत रहेका छन् अहिले ।

तपाईको प्रतिक्रिया