एक सय बाह्र ओैं अन्तरास्ट्रिय नारी दिवस रुकुम पश्चिममा

सुर्खेत /एक सय बाह्र औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा विभिन्न कार्यक्रम गरिएको छ मुसीकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा र सामाजिक विकास कार्यालय रुकुम पश्चिम,ओरेक नेपाल रुकुम पश्चिमको समन्वयमा रुकुम पश्चिममा रहेका विभिन्न संघ संस्थाले,महिला सहकारीले अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विभिन्न नारा तथा पम्प्लेट र व्यानर सहित र्याली निकालेका छन्। 
खलंगामा विभिन्न मनोरञ्जनका कार्यक्रम समेत भएका थियो ।कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले महिला भनेको सिमित चुलो चौको र घरायसी काममा मात्र होइन देश हाक्न सक्ने क्षमता भएकोले संविधानमा भएको व्यवस्था अनुसार हक अधिकारको सम्मान गर्नु पर्ने र दिनदिनै बढ्दै आएको बलत्कार,घरेलु हिंसा जस्ता कार्य लाई कडा कानुन बनाउनु पर्ने बताए । र्यालीमा रहेका महिलाहरुले महिला हिंसा अन्त्य गरौं,हिसा पिडित महिलालाई न्याय दे,बलत्कारीलाई फाँसी दे, नारी दिवस सफल पारौं जस्ता नारा लेखिएका पर्चा पम्प्लेट बाकेका थिए भने नारा पनि लगाएका थिए ।

तपाईको प्रतिक्रिया