बलात्कार आरोपित सांसद बानियाँ निलम्बित

सुर्खेत /मुगुका नेकपा एमालेका सांसद मोहन बानियाँ लाई एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका थिए।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया