सुर्खेत/दुर्गममा ठाउँ साविकको ओदानकु गाउँ विकास समिति हाल महावै गाउँपालिका वडा-२ मा २०३८ साल मङ्सिर १५ गते बुवा धन बहादुर सिंह र आमा दुधा सिंहका माहिला छोरा मातृका सिंह राजनीतिमा छलाङ मार्दै आएका छन् ।
कर्णालीको दुर्गम ठाउँमा जन्मेका सिंहले ६बर्षको उम्मेरमा आमा गुमाएका थिए,बुवा धन बहादुर सिंहले नै हुर्केकाए आमाको माया कस्तो हुन्छ भन्ने अनुभव समेत गर्न पाएन् ।
कलिलो उम्मेरमा राजनीतिमा लागेका सिंह एक पछि अर्को सफलता हात पार्दै आएका छन् ।
देव आधारभूत विद्यालयमा ५ कक्षा सम्म अध्यायन गरेर कालिका मा.वि गेला बाट +२ पास गरेका छन् ।
विगत लामो समयदेखि नेपाली काँग्रेसमा लागेका मातृका सिंह महावै गाउँपालिका वडा-२ निवासी हुन् । उनी महावै गाउँपालिका वडा-२ को वडा सदस्य समेत रहेका छन् ।
२०५५सालबाट राजनीतिक यात्रा सुरु गरेका सिंहले नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ हुदै २०६३ बाट२०७३ सम्म,तरुणदलको जिल्ला उपाध्यक्ष,त्यस्तै २०७३ देखि २०७८ सम्म नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य हुदैन अहिले जिल्ला सचिव समेत रहेका सिंह राजनितीमा छलाङ मार्दै आएका छन्।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महावै गाउँपालिकामा पार्टीले टिकट दिए पछि अध्यक्षमा लड्ने आकांक्षि रहेको दियो खबर संग बताए ।
को हुन् तँ मातृका सिंह
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २१ फाल्गुन २०७८, शनिबार २२:३४