अपडेट

प्रहरीको कुटाइबाट हमालको मृत्युु

सुर्खेत/कालिकोट जिल्ला तिलागुफा नगरपालिका वडा-३का मिनि हमालको सुर्खेतमा मृत्यु भएको छ।कालिकोटमा फेन्सी पसल चलाउँदै आएका हमाल नेपालगञ्ज बाट भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा उनको मृत्यु भएको हा । आफन्तले प्रहरीको कुटाईबाट मृत्यु भएको आरोप लगाएका छन् ।
प्रहरीले मदिरा सेवन गरेको भन्दै निर्घात कुटपिट गर्दा उनको ज्यान गएको आफन्तको आरोप छ । अहिले ट्रक चालक र सह-चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका कोखामा निलडाम देखिएका छन् । उनको शव अहिले अस्पतालमै रहेको छ ।
प्रहरीले रसिद काट्ने बहानामा कुटपिट गरेको आरोप उनका आफन्तको छ ।
मृतकका भाइ नातापर्ने आफन्त देविकृष्ण पाण्डेले भने,‘हिजो राती एघार बजे उहाँहरु ट्रकमा चढेर सामानसहित सुब्बाकुनामा आउनु भएछ । सुब्बाकुनाको चेकपोस्टमा ड्राइभरलाई प्रहरीले लाइसेन्स देखाउन भनेछन् । प्रहरीले ड्राइभरलाई हानेको रहेछ । त्यसपछि ट्रकमा सवार मृतक दाजुले चिट काटनुस किन हानेको भनेर भन्नु भएछ ।त्यसपछि प्रहरीले कुटपिट गरेको रहेछ ।’
मृतकका अर्का आफन्त दाजु रत्न पाण्डेले प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका हमालको उपचारका क्रममा निधन भएको खवर आफूले पाएको बताए ।
प्रहरीले उनलाई मापसे गरेर आएको भन्दै निर्घात कुटपिट गरेको आफन्तको आरोप छ । आफन्तहरुले घटानमा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीलाई फोन सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।यो समाचार नेपाल प्रेस मा छ।

तपाईको प्रतिक्रिया