सादा नेपालको पत्रकारहरु संग अन्तरक्रिया

कालिकोट /महिला हिंसा तथा बालबालिकाको रिपोर्टिङका लागि पत्रकारहरु संग १ दिने अन्तरक्रिया कार्यक्रम मान्मको होटल सनलाईटमा सम्पन्न भएको छ ।
प्लान ईन्टनेसनल नेपालको सहयोग तथा सादा नेपालको सहजिकरणमा भएको थियो ।
सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) कालिकोटका कार्यकारी निर्देशक अशोकनाथ योगीको अध्यक्षता र सादा नेपाल कालिकोटका अनुगमन तथा मुल्यांकन अधिकृत नमराज योगी,सादा नेपालका कार्यक्रम संयोजक दलसिंह कुमालको आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अशोक नाथ योगीले महिला हिंसा बालविवाह, समाजमा हुने कुरितीका विरूद्वमा कालिकोटका तीन स्थानीय तह रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा सादा नेपाल कालिकोटले विगतदेखि हालसम्म विभिन्न क्रियाकलाप गर्दै आएको बताए ।
महिला हिंसा, बालविवाह, विद्यालय जानवाट बन्चितलाई विद्यालयमा जान प्रेरित गर्ने र कार्यक्रम लागू हुनु पहिलाभन्दा हालको परिस्थितिमा महिला हिंसा र वालविवाहका घटनाहरूमा केही मात्रामा न्यूनिकरण भएको छ ।
अन्तरक्रिया कार्यक्रममा कालिकोटमा सञ्चालित रेडियो तथा अनलाईन मिडियाका पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रम प्लान ईन्टरनेसनल नेपालको अर्थिक सहयोग,सामाजिक जागरण तथा विकास प्रतिष्ठान केन्द्र कालिकोटको आयोजनामा भएको हो ।
कार्यक्रममा उपस्थित पत्रकार तथा सञ्चारकर्मीले विभिन्न हिंसामा पहिलेभन्दा अहिले केही मात्रामा कमि भए पनि अन्त्य चाहिँ नभएको बताए । समाजमा हुने महिला हिंसा,बाल हिंसा,जातिय छुवाछुत, लैंगिक हिंसामा अन्त्य गर्न सम्भव रहेको सहभागीले बताए ।

तपाईको प्रतिक्रिया