कालिकोट/विभिन्न हिंसा न्युनिकरण गर्न पत्रकारहरुकाे भुमिका बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कालिकाेटमा रहेका मिडियामा कार्यरत संचारकर्मी तथा पत्रकाहरुका लागि विशेष अन्तरक्रिया गरिएकाे हाे । समाजमा हुँदै आएका बाल बिवाह,छिटाे बिवाह र जवरवस्ती बिवाह न्युनिकरण सहित अन्य कुरीती,कुसंस्कार न्युनिकरण गर्न पत्रकारहरुकाे भुमिका माथि छलफल गरिएकाे हाे ।
जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्ममा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा १ दिने बाल विवाह न्यूनिकरण र प्रजनन स्वास्थ्यमा किशोरीको भुमिका तथा अन्य हानिकारक अभ्यास न्युनिकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा किशोर किशोरीकाे अवस्था र प्रजनन स्वास्थ्य एवं वाल विवाह न्यूनिकरणका लागि मिडियाको भुमिकामा आधारित बिषयमा विभिन्न छलफल तथा बहस गरिएको थियाे ।
प्लान ईनटरनेशनल नेपालको सहयोग र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा कालिकोटका तीन वटा स्थानिय तह रास्कोट नगरपालिका ,सान्नीत्रिवेणी गाउपालिका र नरहरिनाथ गाउँपालिकामा सिअाेसी क्लब ,सहकारी मार्फत विभिन्न कुरीति कुसंस्कारका क्षेत्रमा प्लान ईन्टरनेशनल नेपालले काम गरिरहेकाे छ ।
शिक्षावाट बन्चित वालवालिका र विद्यालयको पहुँच भन्दा बाहिर रहेका किशोर किशोरीलाई विद्यालय सम्म पुग्नका लागि र वाल विवाह न्यूनिकरणका लागि प्लान ईन्टरनेशनल नेपालले काम गरिरहेकाे प्लान नेपाल हुरेन्डेकका कार्यक्रम संयाेजक शिव संकर उपाध्यायले बताएका छन् ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु,हुरेन्डेक नेपाल कालिकाेटका काेषाध्यक्ष दिलिप कुमार शाही,कार्यक्रम अधिकृत डम्वर बोहोरा, हुरेन्डेक नेपाल कालिकोटका लेखा अधिकृत धिरज शाही लगायतका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकाेटका अध्यक्ष जजराज शाहीले पत्रकार राष्ट्रकाे चाैथाे अंग भएकाले समाजमा रहेका विभिन्न कुरीती कुसंस्कार न्युनिकरणका लागि सबै श्रमजीवी पत्रकार एक भएर लाग्नु पर्ने बताए । कार्यक्रममा उपस्थित रहेका सम्पुर्ण पत्रकारहरुले बाल विवाह ,छिटाे बिवाह तथा अन्य कुरीति कुसंस्कार न्युनिकरण गर्न सबैले सहयाेग गर्ने बताएका छन् ।

दियो खबर । २० फाल्गुन २०७८, शुक्रबार ०७:१८