कालिकोट /जिल्लाको पचालझरना गाउँपालिका र पलाता गाउँपालिकामा संचालित योजनाहरुको अनुगमन गरेका छन ।
अनुकुल कोषको आर्थिक सहयोग,नेपाल सरकार वन तथा बाताबरण मन्त्रालय,संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम कार्यान्वयन र मानव अधिकार तथा बाताबरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट साझेदारीमा क्यापस कर्णाली परियोजनाले गरेका योजनाहरुको अनुगमन गरेका छन् ।विश्व खाद्य कार्यक्रम संयोजक कृष्ण योगि,कार्यक्रम अधिकृत रचना रसाइली,हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष जजराज शाहीले,विश्व खाद्य कार्यक्रमका इन्जिनियर मनोज थापा,फिल्ड संयोजक राज बहादुर बुठथापा,क्यापस कर्णाली परियोजना संयोजक नरेन्द्र बहादुर शाही,स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।
जुम्लीबाडा सिचाइ कुलो,नर्सरी,अपाङ्गता भएका व्यक्ति लाई सीप मुलुक तालिम,पचालझरना गाउँपालिकामा पणक्षा सामुदाय केन्द्र भवनको अनुगमन गरिएको थियो ।
अनुगमनमा स्थानीयहरुको माग यस्ता कार्यक्रम लाई निरन्तरता दिन आग्रह समेत गरेका छन् ।
क्यापस कर्णाली परियोजनाको योजनाहरु अनुगमन(तस्बिरहरू )
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १९ फाल्गुन २०७८, बिहीबार ०९:५०