नमराज न्यौपाने/कालिकोट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाले रेडियो पलाँता आबाजमा बोल्दै सरकार भन्दा बाहिर रहेर बिकाश साझा एजेन्डा हो बिकाश गर्न सरकारलाई कसरी खबदारि,सजक र सृजनशिलताबाट अघि बठाउनु पर्छ भन्ने कुरा माउ पार्टीका जिल्ला देखि स्थानीय स्तरका नेता हरुलाई र प्रतिपक्षमा रहेका दलका नेता कार्यक्रतालाइ सिकाउने ठूलो धोका छ भन्नू भएको छ ।
रेडियो पलाँता बहस कार्यक्रममा बोल्दै अध्यक्ष बमले ५ बर्षको कार्यकालमा न कसैको सकरात्मक सुझाब न कसैको रचनात्मक सहयोग पाएको गुनासो ब्यक्त गर्नु भएको छ । यसैमा थप्दै आफुले युवालाई रोजगारि दिने सेना तयार गरेको आरोप खेप्नु पर्यो,भौतिक निर्माण गर्दा अनियमितताको आरोप अनि,जनमुक्ति सेनाको उपचार गर्दा होस् या सहिद परिवार र घाईते अपांग आय आर्जन र रोजगारि कार्यक्रम ल्याउदा नियम बिपरिध गएको आरोप खेप्नु परेकोमा दुख ब्यक्त गर्नु भयो ।
पार्टी ले किन असहयोग गरेको भनेर प्रश्न सोध्दा मेरो कुशलता र लोकप्रियता माथिको हमला हो र केही हरूवा साथिहरुको एकिकरणमा नकारात्मक सोचको असर हो भनेर गुनासो गर्नु भो थप्दै बिकाश सबैका लागि हो सहयोग गरौ यस्को जसले भएपनि फल हामी पाउछौ भनेर कहिल्यै सोचेन प्रतिपक्ष दलले र हाम्रो सरकारले गरेका कामले हाम्रो पार्टीको अस्तित्वको रक्षा हुन्छ ।
पार्टीको एजेन्डाको बिजय हुदा हाम्रो पार्टीको बिकाश र वृद्धि हुन्छ भन्ने कुरामा हाम्रो पार्टीको कहिल्यै ध्यान गएन त्यस्को परिणाम अहिले भोक्नु परेको छ यदि सहि ढङ्गबाट रचनात्मक सुझाब दिएर सिजनात्मक सहयोग गरेर सरकारसँग हातेमालो गरेको भए भोट माग्न हार गुवार र घरदैलो पुग्न पर्ने जरुरत पनि थिएन तर यस्ले मेरो ब्याक्तिगत राजनितिक यात्रामा ठूलो परिवर्तन ल्याएको छ सत्तापक्ष र प्रतिपक्ष बिरुद्ध मा हुदा पनि निडर भएर सत्यको र जनताको पक्षमा लागेर बिजय हासिल गरेको ले एक सफल र सक्षम कार्यकर्ता को कृतामा उभ्याउन सफल भएको छु ।
तर के गर्नु संस्थालाई जनस्तरसम्म सकरात्मक रुपमा स्थापित गर्न नसकेको गुनासो रेडियो पलाँता आबाजको बहसमा ब्यक्त गर्नु भएको छ । जनता र कार्यकर्ताले दोहोरिनु पर्छ भनेर माग राखिरहेका छन के गर्नु हुन्छ भन्दा म दोहोरिन्न बरु मेरो पार्टीको नेतृत्वमा सत्ता दोहोर्याउछु भन्नू भएको छ मैले पलाँताको बिकाश र संस्कार लाई सकरात्मक रुपमा बिकाश गर्ने पाएर हैन गुमाएर गरि देखाउनु पर्छ यो मेरो अन्तिम प्रयास हो पलाँताको बिकाशका लागि भन्नू भएको छ ।

दियो खबर । १८ फाल्गुन २०७८, बुधबार २२:४१