कालिकोट /नेकपा माओवादी (केन्द्र) कालीकोटले खाँडाचक्र नगरपालिका,तिलागुफा नगरपालिका,शुभकालिका गाउँपालीका,महावै गाउँपालिकाका सहित परिवार लाई सम्मान गरेको छ । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दस बर्से जनयुद्धमा परि सहिद भएका १८९ जना परिवारलाई सम्मान गरेका छन । कालिकोटको सहिद सप्ताह कार्यक्रममा सहिदका परिवारलाई भेटघाट तथा सम्मान गरेका हुन ।
कार्यक्रममा सभा अध्यक्षता नेकपा कर्णाली प्रदेश कमिटी सदस्य गंगा खड्का विरोधले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहि,रास्कोट नगरपालिका नगर-प्रमुख कासि चन्द्र बराल,नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य धनजित शाही आदर्श,सरोज वोगटी विपिन लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य एवं महावै गाउँ कमिटी इन्चार्ज खेम बहादुर सिंह भिजनले गर्नुभएको थियो।
नेकपा माओवादी (केन्द्र) द्धारा १८९ जना सहिद परिवारलाई सम्मान
तपाईको प्रतिक्रिया
भावना शर्मा । १६ फाल्गुन २०७८, सोमबार १८:००