कालिकोट/ शुभकालिका गाउँपालिका सडक संजालले जोडिएको छ । भौगोलिक विकटताले पछि परेको शुभकालिकाको गाउँ—गाउँमा सडकको पहुँच पुगेको हो ।
स्थानीय निर्वाचन पछि जनप्रतिनिधि चयन भएपछि यो क्षेत्रमा धमाधम सडक निर्माण गर्न थालिएको थियो । गाउँपालिकाले चालु आर्थिक वर्षमा सडकलाई पहिलो प्राथामिकतामा राखेर बजेट विनियोजन गरिएको थियो ।
शुभकालिका गाउँपालिकामा जम्मा ८ वटा वडा रहेका छन् वडामा सडकको ट्रयाक खोलिएको छ ।
उक्त सडकको लम्वाइ ७६ किलोमिट रहेको छ ।
सडक निर्माण प्रश्चात शुभकालिका गाउँपालिका वडा नम्वर १ देखि ८ वडा सम्मका स्थानीय लाभान्वित भएका छन् । सडक निर्माणको पहिलो चरण ट्रयाक खुला गरिए पनि अझै तिन चरणको काम बाँकी रहेको इन्जिनियर नरेन्द्र प्रसाद चौलागाईंले बताए ।
उनले भने, ‘सडकको ट्रयाक खुला गर्नु भनेको २५ प्रतिशत काम भएको मानिन्छ । अव ७५ प्रतिशत काम गर्न बाँकी छ । त्यो भनेको दोस्रो, तेस्रो र चौथो चरण बाँकी छ ।’
शुभकालिका सडकले जोडिदा स्थानीय निकै खुसी भएका छ । विकट गाउँ सडक सञ्जालमा जोडिएपछि स्थानीयलाई दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको छ । गाउँमा सडक पुगेपछि भारी वोक्ने दुःखको झमेला टाढाँ भएको छ ।
शुभकालिका गाउँपालिका वडा नम्वर ४ का स्थानीयले बताए । विगतमा पीठीउँमा भारी बोकेर दुःख पाएको पीडा पोखे । ‘कर्णाली राजमार्गको हुल्म,जिते बजार गएर नुन, तेल, चामललगायतका दैनिक उपभोग्य वस्तु पीठीउँमा बोकर घर ल्याउनु पर्ने बाध्यता थियो ।’
उनले भने,‘भारी बोक्दै दिन विते अव भने गाडी पुगेपछि सुख पाइन्छ की रु जनप्रतिनिधि आएपछि जे होस् हाम्रो गाउँमा विकास भएको छ ।’ जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सफल रुपमा चारपाङ्गे्र जीप,ट्याक्टर ,मोटरसाइकल,राराकाटिया,हाउडि,भर्ता गाउँमा गाडि पुगेको शुभकालिका गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाहीले बताए ।
गाउँपालिका सडक सञ्जालमा जोडिदा स्थानीय खुसी छन् । शुभकालिका गाउँपालिकाले१३ करोड ५३०लाखमा ७६ किलोमिटर सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए । उनले भने,‘भर्ता,राराकाटिया,हाउडिमा स्थानीयले पीठीउँमा भारी बोकेर जिविकोपार्जन गर्ने दिनको अन्त्य भएको छ । अव शुभकालिका समृद्धितिर धकेलिएको छ । स्थानीयले हिजो पाएको दुःखका दिनको अन्त्य गर्दै आएका छौं।
गाउँपालिकामा सडक जोडिएसँगै स्थानीय स्तरमा उत्पादन हुने तरकारी, मास, सिमी,जडीबुटी र फलफूल जिल्ला सदरमुकाममा बिक्री वितरण गर्न र विकास निर्माणका सामग्री लिन सहज हुने उपाध्यक्ष पम्फादेवि शाहीले बताइन् । वडा नम्वर ६ का वडाध्यक्ष कर्ण केसिले गाउँमा गाडी पुग्दा विकासको अनुभुति भएको सुनाए । उनले भने, ‘स्थानीयले हाम्रो कामको परिक्षण गरेका छन् ।
इमान्दारीतका साथ काम गर्नुपर्ने छ । अवसर र चुनौतीलाई अगाल्दै गाउँको विकासमा लागेका छौ ।’गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए ।
शुभकालिका गाउँपालिका सडक संजालमा जोडियो
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १५ फाल्गुन २०७८, आईतवार १२:४१