कालिकोट /नेकपा माओवादी केन्द्र महावैले सहिद परिवारलाई सम्मान गरेको छ । सहिद परिवार सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य तथा खांडाचक्र नगर कमिटी ईन्चार्ज सरोज बोगटी(विपिन ),कर्णाली प्रदेश कमिटी सदस्य एवं महावै गाउँकमिटी ईन्चार्ज खेम बहादुर सिंह(भिजन)को उपस्थितिमा भएको सम्मान कार्यक्रममा महाबै गाउँ कमिटी अध्यक्ष हर्क शाहीको अध्यक्षता रहेको थियो ।
गाँउपालिकाका शहीद परिवारलाई सम्मानका साथै शहिद परिवार समाज गठन समेत गरिएको महावै गाँउकमिटी ईन्चार्ज भिजनले बताए। उनका अनुसार डिल बहादुर बिस्टको अध्यक्षतामा २३ सदस्य कमिटी गठन गरिएको छ ।
महावैका सहिद परिवारलाई सम्मान गर्दै माओवादी केन्द्र
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १५ फाल्गुन २०७८, आईतवार १२:२६