कालिकोट / पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाले पर्यटन प्रवर्द्धनकालागी भन्दै कर्णाली नदिमा र्याप्टिङ्ग संञ्चालनको लागि सम्भाव्यता अध्यानसुरु गरेका छन् । पलाँता गाउँपालिकाको घाटाचौर देखि पचालझरना गाउँपालिकाको लाफा पडेक्षासम्म चार किलो मिटरमा र्याप्टिङ्गगरेर सम्भाव्यता अध्यानसुरु गरिएको हो ।
शनिवार एक कार्यक्रमका बिच कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही,पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल रास्कोट नगरपालिकाका प्रमुख कासिचन्द्र बराल,पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम,सान्नित्रिबेणि गाउँपालिकाका अध्यक्ष डम्मर शाही लगाएतको टोलीले चार किलोमिटर र्याप्टिङ्ग गरेर अध्यन सुरु गरेको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाले बताए ।
उनले भने ‘पचालझरना हेर्न आउने पर्यटकहरुको प्रवर्धनका साथै आन्तरिक आय वृद्धि गर्न र रोजगारिका लागि गाउँपालिकाले सम्भाव्यता अध्यान सुरु गरेको छ । सम्भाव्यता अध्यान सफल भएको छ,अब लगतै हामिले कर्णाली नदिमा र्याप्टिङ्ग संञ्चालन गर्ने छौं, हामी पलाता देखि कर्णाली नदिमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको पर्खाइमा छौं ।’
कर्णाली नदिमा र्याप्टिङ्ग गर्दा सफल परीक्षण भएको र्याप्टिङ्ग पर्यटन व्यवसायीले बताएका छन । कालीकोटको पचालझरना नेपालकै अग्लो झरनाको रुपमा चिनियको छ । यसको उचाई ३,८१ मिटर रहेको छ । नेपाल सरकारको ६४औं गनतव्य स्थानमा समेत यो झरना पर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।
कर्णाली नदिमा र्याप्टिङ्ग सुरु
तपाईको प्रतिक्रिया

दियो खबर । १४ फाल्गुन २०७८, शनिबार २१:३४