एमसीसी टेबल गर्ने निर्णय प्रति माओवादीको लिखित असहमति

सुर्खेत/अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा नेकपा (माओवादी केन्द्र)ले अहसमति जनाएको छ ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति भएको छ। उक्त निर्णय प्रति असहमति जनाउँदै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदहरू जयपुरी घर्ती र रेखा शर्माले असहमति पत्र पेस गरेका हुन् ।
पत्रमा उनीहरूले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा अघि बढाउनुपर्ने, कतिपय बुँदा संशोधन गर्नुपर्ने तथा संसद् सुचारु हुनुपर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया