प्रणय दिवस नेपाल लगायत विश्वभर मनाइँदै

कालिकोट/फ्रेब्रअरी १४ अथार्त प्रेम दिवस-नयाँ नयाँ जोडीले प्रेम प्रस्ताव गर्ने तथा पुराना जोडीले आफू एक अर्काबाट कहिल्यै नछुट्टिने बाँचा गर्ने दिन हो भ्यालेन्टाइन डे‘प्रणय दिवस’नेपाल लगायत विश्वभर प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ ।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमी प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम,सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवसलाई लिइन्छ । युवायुवतीले प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गरेका छन् । 
युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वासबाट भ्यालेन्टाइनस’डे’मनाउन थालिएको विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया