कालिकोट/कालिकोटमा झण्डै दश वर्षपछि भारी हिमपात भएको छ। खडेरीका कारण जिल्लाको कृषि उत्पादनमा बर्षेनि ह्रास हुँदै आएको थियो ।शुक्रबार भएको भारी वर्षासँगै हिमपातले जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ । तर शनिबारदेखि पूर्णरुपमा मौसम सफा भएपछि स्थानीय युवायुवती हिउँसँग रमाइरहेका छन्।
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ । मौसमको बदलीसँगै उच्च पहाडी जिल्ला र हिमाली जिल्लामा हिमपात भएको छ ।
हिमपातका कारण धेरै स्थानमा जनजीवन प्रभावित भएको छ । कतै बाटो अवरुद्ध छ भने कतै गाउँ नै सम्पर्क बिहीन छन् । तर हिमपातका दृश्य हेर्न लायक छन् । डाँडाकाँडा हिउँले ढाकेर सेताम्य भएका छन् ।
हिउँ खेल्न हिउँ परेका स्थानमा जाने युवायुवतीको संख्या बढेको छ ।कालिकोट जिल्ला प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा ,प्रहरी उपरीक्षक सिद्वराज न्यौपाने ,डा.रत्नविर सुनार,उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन शाही लगाएतले स्थानीय युवायुवतीले हिउँ संग रमाएका छन् ।
यस बर्ष कालिकोकालिकोटमा हिमपातले जनजीवन प्रभावित भएको छ ।
हिमपातसँगै अत्यधिक चिसो समेत बढेकोले यहाँको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण स्थानीयबासी घरबाहिरको काममा निस्कन सकेका छैनन् ।आइतबार देखि मौसममा सुधार आएपछि हिउँ खेल्नेको सङ्ख्या बढ्दै गएको छ।
बर्षेनि अग्ला अग्ला हिमालमा मात्र देखिने हिउँ यो वर्ष गाउँनै सेताम्मे भयो । अझै पनि लेकाली क्षेत्रमा हिउँले छाडेको छैन् । हिउँ नपरेको तल्लो भेगका स्थानीय हिउँ खेल्नकै लागि लेकाली भेकमा जान थालेका छन् । जिल्ला सदरमुकाम मान्म बजार तथा आसपासका क्षेत्रबाट माथिल्लो लेकाली क्षेत्रमा दैनिकरुपमा हिउँ खेल्न जानेको लर्को नै लाग्ने गरेको छ । हिमपात भएपछि किसानलाई ठुलो राहत भएको छ ।बर्षेनि पर्दै आएको खडेरीका कारण निरास बनेका किसान यस वर्ष समयमै वर्षासँगै हिउँ परेपछि निकै खुसी छन् । समयमै परेको वर्षाका कारण हिउँदे बाली सप्रिने किसानको अनुमान छ ।
लेकाली क्षेत्रमा हिउँसँग रमाउँदै प्रमुख जिल्ला अधिकारी शर्मा सहितको टोली
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २३ माघ २०७८, आईतवार १६:५८