गजल-लक्ष्मण बहादुर बम”पलातिकान्छा”

यहाँ मान खोजिन्छ इमान खोजिन्छ
बिडम्बना यात्रामा कहिले बैमान भेटिन्छ।

तिमी बुढेस कालकै प्रखाइमा किन छौ
चिहान घाटको लास पनि त जवान भेटिन्छ।

हल्लाछ क्षमताले कुर्चि मिल्छ भन्छन
राजनिती बजारमा किन तानातान भेटिन्छ।

बारिको फर्सी सँग दिल हैन बियाँ पो हुन्छ
तर उसैसँग किन यहाँ तन मन खोजिन्छ।                                   लक्ष्मण बहादुर बम”पलातिकान्छा”                                         पलाँता गाउँँपालिका अध्यक्ष कालिकोट

तपाईको प्रतिक्रिया