सुर्खेत/ जिल्ला प्रशासन कार्यालय बाँकेले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि भन्दै ५ बुँदे निर्देशन जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय अनुस २०७८/०९/३० गते राति १२ बजेदेखि लागू हुने गरी आदेश जारी गरिएको छ ।
जस अनुसार सार्वजनिक स्थलमा हुने सबै प्रकार राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सार्वजनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम तथा भेला, मेला महोत्सव आयोजना नगर्ने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्ने अत्यावश्यक र पहिल्यै तय भैसकेका हकमा स्थानीय प्रशासनको अनुमति लिएर कोभिड–१९ को स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम गर्न निर्देशन जारी गरेको छ ।
सार्वजनिक स्थान (कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल,पार्क) मा प्रवेश गर्दा अनिवार्य कोभिड–१९ विरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनु पर्ने जिल्ला प्रशासन कालिकोटले जारी गरेको सूचनामा जनाइएको छ । यद्यपि, यो व्यवस्था माघ ७ गतेपछि मात्र लागू हुने बाँके जिल्ला प्रशासनले जनाएको छ ।
माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गर्ने र सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने।
यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने।
यात्रु प्रवेश गर्ने ढोकामा स्यानिटाइजर राख्ने र प्रयोगको व्यवस्था गर्नुपर्ने निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए ।
बाँके जिल्ला प्रशासनको जारी आदेश
तपाईको प्रतिक्रिया
भावना शर्मा । १ माघ २०७८, शनिबार ०८:३०