नेकपा(एस)ले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

सुर्खेत/माघ १२ गते हुने राष्ट्रिय सभाको उप-निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका ५ उम्मेदवारको नाम टुंगो लगाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार छनोट गरेको हो ।
नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ जयन्ती राई,वाग्मती प्रदेश गोमा तिमल्सिना,लुम्बिनी प्रदेश राजेन्द्रलक्ष्मी गैरे,कर्णाली प्रदेश उदय बोहोरा,सदूरपश्चिम मदनकुमारी (गरिमा)शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया