राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट एमालेका ३ उम्मेदवार चयन

सुर्खेत/माघ १२ हुने राष्ट्रिय सभाको उप-निर्वाचनका लागि नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । कर्णाली प्रदेश इन्चार्ज एवम् एमाले स्थायी कमिटी सदस्य याँमलाल कँडेलका अनुसार ९ जनाको सिफारिस मध्येबाट २ जना र अल्पसंख्यकबाट १ जना गरी ३ जना उम्मेदवार चयन गरेका छन् ।
महिलाबाट जुम्लाकी गंगा महत उम्मेदवार,अन्य समूदायबाट सुर्खेतका चुडामणि शर्मा उम्मेदवार,अल्पसंख्यक माझी समूदायबाट दैलेख का पदम माझी उम्मेदवार बनेका छन् ।
‘अब एमाले राष्ट्रियसभाको चुनावमा पूर्णरुपमा होमिएको छ ।रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (हाल समाजवादी),हुम्लाका कविता वोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधी फागुन १८ गते सकिने भएपछि निर्वाचन आयोग र सरकारले माघ १२ गते राष्ट्रियसभाको निर्वाचन निर्धारण गरेका हुन् । १२ गतेको चुनावका लागि एमालेले तीन जनाको टुंगो लगाएकाे छ ।

तपाईको प्रतिक्रिया