एकै घरका चार जनाको मृत्यु, तीन जना गम्भीर

सुर्खेत / नेपालगन्ज स्थित भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु भएको छ । एकै परिवारका उनीहरुको गएराती मृत्यु भएको हो । अस्पतालको स्टोर शाखामा कार्यरत धन प्रसाद भट्टराई सहित उहाँका छोरा, आमा र दिदीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा- ६ तलसेरा निवासी २३ वर्षीय धन प्रसाद भट्टराई सँगै उहाँका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोकिला भट्टराई र २७ वर्षीया दिदी नन्दकली भट्टराईको मृत्यु भएको हो ।
यस्तै उहाँकी २४ वर्षीया श्रीमति सुशिला भट्टराई , तीन वर्षीय छोरा विवश भट्टराई र १८ वर्षिय भाइ नरेन्द्र भट्टराईको अवस्था गम्भीर छ । उहाँहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । उहाँहरु एउटै कोठामा सुत्नु भएको थियो ।

घटनावारे विहा नमात्र थाहा भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।अधिकारीका अनुसार उहाँहरुको निशासीयर मृत्यु भएको हुन सक्छ । त्यहाँ टिनमा कोइला बालेको देखिएको छ । सबै झ्याल ढोका बन्द गरेर सुतेका कारण धुवाले निशासिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनप्रसाद विगत तीन वर्षदेखि भेरीको स्टोर शाखामा कार्यरत रहेको बताइएको छ । परिवारका अन्य सदस्यहरु भेटघाटका लागि कालिकोटबाट आएकाले घटनामा एउटै परिवार परेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया