काठमाडौं /नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल भोलि सल्यान जान लागेका छन्।
जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल सल्यान आउन लागेको कर्णाली प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव युवराज वलीले जानकारी दिए।
उनका अनुसार नेकपा एकीकृत समाजवादीका उप-महासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।भोलि हुने भेला तथा प्रशिक्षण कार्यक्रमको सबै तयारी पूरा भएको आयोजकले बतायो ।
तुलराज पाण्डे । ८ पुष २०७८, बिहीबार १०:०३