काठमाडौं /कालिकोट जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सचिवालय सदस्य युवा नेता दिपक चौलागाईं (शिखर) को पहलमा निःशुल्क दुई मुखे फलामे सुधारिएको धुवाँ रहित चुलो वितरण गरिएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको संस्थागत सौर्य उर्जा कार्यक्रम अन्तरगत सुधारिएको गाल्बा निर्माण सेवा प्रा.ली.को जडान ठेक्कामा जोडिएको हो । कालिकोट जिल्लाका शुभकालिका गाउँपालिकामा दलित र जनजाति समुदायका २१० घरधुरी लाई सुधारिएको चुलो वितरण गरिएको छ।
अघिल्लो बर्ष पनि शुभकालिका गाउँपालिकामा दलित र जनजाति समुदायका ३९० घरधुरी लाई सुधारिएको चुलो वितरण गरिएको हो । चौलागाईंको पहलमा पटक पटक नि:शुल्क संस्थागत सौर्य उर्जा र लक्षितवर्गको सोलार जडान समेत यस अघिनै नै गरिएको थियो शुभकालिका गाउँपालिकामा चौलागाईंले गरेको सामाजिक कार्यले सबैलाई खुसी बनाएको स्थानीयले बताए ।
युवा नेता चौलागाईंको पहलमा २१० घरधुरी लाई निःशुल्क सुधारिएको चुलो वितरण
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ७ पुष २०७८, बुधबार २०:३८