काठमाडौं /नेकपा एकीकृत समाजवादी पार्टी कालिकोट जिल्ला सचिवालय सदस्य प्रेमबहादुर बुढाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।कर्णाली प्रदेश इन्चार्ज यमलाल कंडेलले बुढा लाई स्वागत समेत गरेका छन् ।
नेकपा एमाले हुदा माधवकुमार नेपाल टिम बाट अनेरास्ववियुको केन्द्रीय सदस्य समेत निर्वाचित भएका बुढा पार्टी बिभाजन भए पछि पनि माधवकुमार नेपालले नेतृत्व गरेको पार्टीमा लागेका थिए।कालिकोट जिल्ला शान्नित्रिवेणि गाउँपालिका वडा-२ का लोकप्रिय युवा नेता बुढा यस अघि कर्णाली प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय कुर्मराज शाही को प्रमुख स्वकीय सचिव समेत भएका बुढाले एकाएक पार्टी परिवर्तन गर्दा नेता कार्यकर्ता अचम्म परेका छन् ।प्रतिगमनकारी का विरुद्ध निरन्तर लागि परेका बुढाले पार्टीमा विद्वि,पद्धति भन्दा पनि आफ्नो आसेपासे लाई अवसर दिने पार्टी नेकपा एकीकृत समाजवादी पार्टी भएको समेत बताए ।पछिल्लो समय कालिकोट जिल्लाका इन्चार्ज समेत भएका कुर्मराज शाहीको नजिकको पात्रका रुपमा चिनिएका बुढाले किन गरे पार्टी परिवर्तन भन्ने विषय चर्चाको रुपमा लिएका छन् ।
नेकपा (एस) का सचिवालय सदस्य-वुढा एमालेमा प्रवेश
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ६ पुष २०७८, मंगलवार १४:४२