काठमाडौं /नेकपा एकीकृत समाजवादी प्रेस संगठन कालिकोटको अध्यक्षमा किरण अधिकारी चयन भएका छन् । शनिबार र आइतबार बसेको समाजवादी प्रेस संगठन निकट पत्रकारहरुको भेलाबाट अधिकारी समाजवादी प्रेस संगठन कालिकोटको अध्यक्ष चयन भएका हुन् ।
रेडियो शुभकालिका गाउँपालिकामा स्टेशन म्यानेजरको रुपमा काम गर्दै आएका अधिकारी अध्यक्ष, सामुदायिक रेडियो चंखेली एफएमका प्राविधिक प्रमुख छत्र रोकामगर उपाध्यक्ष, पत्रकार नामाखर उपाध्याय उपाध्यक्ष ,पत्रकार जीवन राज देवकोटा सचिव, रेडियो चंखेलीकी समाचार प्रमुख तारा सार्की सह-सचिव पत्रकार पवन शाही सहसचिव गरी २४ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।
साथै, समाजवादी प्रेस संगठन नेपाल कालिकोटको सल्लाहकार समितिसमेत गठन गरिएको छ । समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य अनन्त बराल, खडानन्द अधिकारी, दिलिपकुमार शाही, पत्रकार हस्त चौलागाई, नेपाल पत्रकार महासंघ कालिकोटकी उपाध्यक्ष राधिका शाही, पत्रकार रामजी बोगटी र पर्शुराम अधिकारी गरी ७ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको हो ।
एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य विजया विष्ट, कालिकोट इन्चार्ज कुर्मराजशाही, जिल्ला अध्यक्ष विश्वराज बम, उपाध्यक्ष चित्रसिंह गाउँले, सचिव खडानन्द चौलागाई लगायत पार्टीका जिल्ला कार्यसमितिहरुको उपस्थितिमा समाजवादी प्रेस संगठन नेपाल कालिकोटको नयाँ कार्यसमिति चयन गरिएको हो ।
उक्त कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय सदस्यसहित कालिकोट जिल्ला इन्चार्जको लागि पत्रकार हस्त चौलागाँइलाई समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कार्यालयमा अनुरोध गर्नेसमेत निर्णय गरिएको छ । पुस ५ गतेका दिनलाई कालो दिनका रुपमा मनाउने तयारीमा रहेको समाजवादी प्रेस संगठन नेपाल कालिकोटका अध्यक्ष किरण अधिकारीको भनाई छ ।

दियो खबर । ४ पुष २०७८, आईतवार २०:०५