भोजपुरका दुई मुख्यमन्त्री एक प्रतिगमन को मतियार बने एक क्रान्तिको नायक बने अध्यक्ष -पराजुली

पोखरा / नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) निकट जनसंगठनको भोजपुरको अनेरास्ववियू र युवा संघ नेपाल भेला भव्य रुपमा सप्पन्न भएको छ । भेलाबाट अनेरास्ववियू भोजपुर जिल्ला कमिटीको अध्यक्ष प्रकाश सिं राईको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । त्यसै गरि युवा संघ नेपाल भोजपुर जिल्ला कमिटी अध्यक्षमा मन्दिप तामाङको नेतृत्वमा २०१ जना सदस्यीय कमिटी निर्माण भएको छ । उत्त भेलामा अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुदेश पराजुली एमाले अब पार्टी होईन केपि ओलिको भजनमण्डली भएको बताए । कम्युनिस्ट आन्दोलनमा केशरजंग रायमाझी पछि गद्वार केपि ओलि भएको बताएका छन्।
कम्युनिस्ट पार्टीको झन्डा भारतीय रअ प्रमुख सामन्त गोएलको पाउमा चढाएर कम्युनिस्ट पार्टी मास्ने काम केपि ओलिबाट भएको बताएका छन् । कम्युनिस्ट आन्दोलन थप एकता शशक्त बनाउनु अहिलेको आवश्यकता हो । भोजपुरमा दुई मुख्यमन्त्री एउटा क्रान्ति झण्डा बोक्ने भए राजेन्द्र राई जस्ले क्रान्ति झन्डा बोक्नु भयो अर्को निर्वतमान शेरधन राई मुख्यमन्त्री गद्वारको शरण परेर पतन भए केपि ओलि सङै कमल थापा राजेन्द्र लिङ्देनको भाई मान्यता रहेको पराजुली बताएका छन्।

तपाईको प्रतिक्रिया