पोखरा / नेपाल जेसिज राष्ट्रिय अध्यक्ष पदमा जेसि लालमणी भण्डारी विजयी भएका छन्।नेपाल जेसिजको ४८औं राष्ट्रिय महाधिवेशनमा बर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्ष उम्मेदवार भण्डारीले ३६५मत ल्याएर विजयी भएका छन् ।भण्डारी संग प्रतिद्वन्द्वी ५जना रहेका थिए।जेसि विकास मानन्धरले ३४९,जेसि गोकुल सापकोटा ३००,जेसि श्यामसुन्दर पौडेल २०८ र जेसि शिव प्रसाद भुषालले ४६ मत प्राप्त गरेका छन् ।
नेपाल जेसिजको आयोजनामा कास्कीको पोखरामा विहारबार उद्घाटन गरिएको राष्ट्रिय महाधिवेशनबाट शनिबार पदाधिकारीका लागि मतदान भएको थियो भने आइतबार विहान मतगणना सक्किएको निर्वाचन मण्डलले बतायो। नवनिर्वाचित राष्ट्रिय अध्यक्ष भण्डारीले आफू निर्वाचित भए पछि जेसि लाई युवाभित्र भएका प्रतिभालाई उजागर गर्दै सफल युवा नेतृत्व प्रदान गर्ने र युवालाई व्यवसायी रुपमा संचालन गर्नका लागि विभिन्न तालिमको आयोजना गर्ने समेत बताएका छन् ।
नेपाल जेसिजका देशरभरीमा १७४ शाखा रहेका छन् भने जम्मा १२६८ मत खस्केको थियो
नेपाल जेसिज राष्ट्रिय अध्यक्ष पदमा भण्डारी निर्वाचित
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ४ पुष २०७८, आईतवार १०:२९