अपडेट

नेपाल जेसिज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा शाही निर्वाचित

पोखरा / नेपाल जेसिज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा जेसि अनिल बहादुर शाही विजयी भएका छन्।नेपाल जेसिजको ४८औं राष्ट्रिय महाधिवेशनमा बर्ष २०२२ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष उम्मेदवार शाहीले ६४२ मत ल्याएका छन् । शाही संग प्रतिद्वन्द्वी ९ ओैं जना मध्य ४जना विजय भएका छन् ।जेसि रमा कुमारी प्याकुरेल ७१६,जेसि दिपेन्द्र निरौला ९४३,जेसि सुनिल तिमिल्सिना ८५९ मत ल्याएर विजयी भएका छन् ।कर्णाली जेसिज शाखाका संस्थापक अध्यक्ष,नेपाल जेसिजका उपाध्यक्ष र विभिन्न ट्रेनिङका प्रशिक्षक समेत भएका शाही अहिले समाजसेवी र लोकप्रिय युवाका रुपमा उदाएका छन् ।
नेपाल जेसिजको आयोजनामा कास्कीको पोखरामा विहारबार उद्घाटन गरिएको राष्ट्रिय महाधिवेशनबाट शनिबार पदाधिकारीका लागि मतदान भएको थियो भने आइतबार विहान मतगणना सक्किएको निर्वाचन मण्डलले बतायो। नवनिर्वाचित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शाहीले आफू निर्वाचित भए पछि जेसि लाई युवाभित्र भएका प्रतिभालाई उजागर गर्दै सफल युवा नेतृत्व प्रदान गर्ने र युवालाई व्यवसायी रुपमा संचालन गर्नका लागि विभिन्न तालिमको आयोजना गर्ने समेत बताएका छन् ।
नेपाल जेसिजका देशरभरीमा १७४ शाखा रहेका छन् भने जम्मा १२६८ मत खस्केको थियो

तपाईको प्रतिक्रिया